समाज


टिपरमाथि माटोको ढिस्को खस्दा चिनियाँ नागरिकको मृत्यु

टिपरमाथि माटोको ढिस्को खस्दा चिनियाँ नागरिकको मृत्यु

नेपालखबर
असार ४, २०७७ बिहिबार १२:०,

मर्स्याङदी गाउँपालिका–६ नाईचेस्थित ङादी हाईड्रोपावरबाट ड्याम साईटमा सामान लैजाने क्रममा टिपरमाथि माटोको ढिस्को खस्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

बा२ च ७१९८ नम्बरको टिपरमा माथिबाट माटोको ढिस्को खदा टिपरका चालक ४३ वर्षीय लुजियाङको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपरमा माथिबाट ढिस्को खस्न जाँदा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार चिनीयाँ नागरिक इन्जिनियर ३१ वर्षीय उवाओछीको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad