जुन १६ मा लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गयो। सो झडपमा चिनियाँ पक्षले प्रयोग गरेको भनिएका हतियारको तस्बिर सार्वजनिक हुन थालेका छन्।
झडपमा किला भएका रड, काँडेतार बेरिएका मुंग्रो, आदिका तस्बिर सार्वजनिक भएका हुन्।
द्विपक्षीय समझदारीअनुसार भारत र चीनका सैनिकले सीमामा गोली चलाउँदैनन्।

बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरले सीमामा खटिएका सैनिकले हतियार बोके पनि प्रयोग गर्न नपाइने सहमति रहेको स्पष्ट पारेका छन्।
Let us get the facts straight.
All troops on border duty always carry arms, especially when leaving post. Those at Galwan on 15 June did so. Long-standing practice (as per 1996 & 2005 agreements) not to use firearms during faceoffs. https://t.co/VrAq0LmADp
त्यसैले झडपमा उत्रिएका सैनिकहरुले बमगोलीको सट्टा ढुंगामुढा र यस्ता घरेलु प्रकृतिका हतियार प्रयोग गर्दै आएका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो समय सैन्य वार्तामा झडप हुँदै आएको स्थानबाट दुवै पक्ष केही पछि हट्न सहमति भएको थियो। तर, चिनियाँ पक्षले आफ्नो एउटा टेन्ट नहटाएपछि भारतीय सेनाको एक कम्पनी फौज त्यसलाई हटाउन पुगेको थियो।
कर्णेल नेतृत्वमा गएको सो फौजले चिनियाँ टेन्ट भत्काएर जलाइदिएको थियो। जसका कारण दुई पक्षबीच झडप भएको थियो।
दुवै पक्षमा क्षति पुगेको बताइए पनि आफ्नो तर्फको क्षतिको विवरण चीनले सार्वजनिक गरेको छैन।
बिहीबारसम्म थप भारतीय सैनिक बेपत्ता रहेको रिपोर्ट प्रकाशित भएका थिए। तर, भारतीय सेनाले त्यसको खण्डन गरेको छ। एजेन्सी

प्रतिक्रिया