सुदूरपश्चिममा बुधबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ। कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो।
कैलालीका २०, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुई जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। कैलालीमा आज थप भएका २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेपन्टनमा रहेका छन् भने दुई जना मोहन्याल विश्व माविको क्वारेन्टिनमा छन्।
डोटीका ५ जना संक्रमित भने दिपायल सिलगढी नगरपालिका हुन्। अछाममा आज कोरोना पुष्टी भएका मेल्लेख गाउँपालिका वडा नम्वर ४ र ७ का २२ र २४ बर्षीय युवक रहेका छन्।
बझाङको थलारा–३ की १० बर्षीय किशोरी र खप्तडछान्ना ३ का ७० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका १ र ९ का दुई जनामा कोरोना पुष्टि भएको हो।
Shares

प्रतिक्रिया