कारोबार


नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो, एकतर्फी सञ्चालनमा ल्याउने प्रयास हुँदै

नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो, एकतर्फी सञ्चालनमा ल्याउने प्रयास हुँदै

नेपालखबर
असार ३, २०७७ बुधबार १२:५५,

लगातारको वर्षापछि आएको पहिरोले अवरुद्ध नारायणगढ—मुग्लिङ सडकखण्ड साँझ ७ बजेसम्ममा एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ६ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो खस्दा बुधबार बिहान करिब सवा ४ बजेबाट सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

सडक विस्तारको क्रममा उच्च जोखियुक्त क्षेत्र निर्धारण भएको उक्त क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको थियो। पहिरो रोकथामको काम भइरहेको स्थानमा नै पहिरो खसेर सडक नै अवरुद्ध भएको हो।

पहिरोले गर्दा पहिरो रोकथामको लागि जडान तयार गरिएको स्काफफोल्फिङ समेत भत्काएको इन्जिनियर शिव खनालले बताए।

सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका छन्। लोडर लगायतको तीनवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने प्रयास भएको चितवन प्रहरीले जनाएको छ।

पहिरो ठूलो भएकाले पहिरो हटाउन समय लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरीका अनुसार बेलुकी ७ बजेसम्ममा एकतर्फी सञ्चालनमा ल्याइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad