बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भिरबाट जिप खस्दा ६ युवक घाइते भएका छन्।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२च ४५२२ नम्बरको डबल क्याप तिप तिनाउ नदीमा अपराह्न खसेको थियो।
दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएको र सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। रासस
प्रतिक्रिया