कर्णाली प्रदेशमा मंगलबार थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षण अनुसार नौ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा दैलेखका ५ र सुर्खेतका ४ जना रहेका प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।
संक्रमित एक जना तीन वर्षीय बालक छन्। नाै जनामा एक महिला र बाँकि सबै पुरुष हुन्। संक्रमित सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे बताइएकाे छ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १०८६ पुगेको छ।
यता प्रदेश ५ अन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षणका क्रममा गत २४ घन्टामा १० जनामा संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ।
प्रतिक्रिया