ad ad

राजनीति


चिनियाँ युद्धक विमानलाई आफ्नो हवाई क्षेत्रबाट फेरि हटाएको ताइवानको भनाइ

चिनियाँ युद्धक विमानलाई आफ्नो हवाई क्षेत्रबाट फेरि हटाएको ताइवानको भनाइ

नेपालखबर
असार २, २०७७ मंगलबार ९:३६,

मंगलबार ताइवानको रक्षा मन्त्रालयले चिनियाँ युद्धक विमानहरु आफ्नो हवाई क्षेत्रमा बिना अनुमति पसेको र ती विमानहरुलाई आफ्ना युद्धक विमानले चेतावनी दिँदै हटाएको जानकारी दिएको हो।

एक हप्तायता ताइवानमा चिनियाँ विमान बिना अनुमति पसेको यो तेस्रोपटक हो।

रोयटर्सका अनुसार चीनले एड्भान्स जेट सु–३० फाइटर विमानहरु ताइवानको हवाई क्षेत्रमा उडाएका थिए।

त्यसलाई प्रतिकार गर्न ताइवानले पनि युद्धक विमानहरु चिनियाँ विमान नजिक उडाएको थियो।

चीनले स्वतन्त्र ताइवान पक्षधरबाट सुरक्षा खतरा उत्पन्न भएको बताउँदै युद्धको लागि तयार रहन आग्रह गरेका बेला चिनियाँ फाइटर जेटहरु ताइवानको आकाशमा अनाधिकृत रुपमा उडेका हुन्।

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताउँदै आएको छ।

चीनले ताइवानलाई अलग देश मान्ने देशसँग कुटनीतिक सम्बन्ध पनि गाँस्दैन।

हालै ताइवानी राष्ट्रपति साइ इंग–वेनले चीनले ताइवानलाई आफ्नो क्षेत्र सम्झनु बुझाईमा कमजोरी भएको बताएकी थिइन्। उनले चीनको एक देश दुई नीति आफ्नो देशमा नचल्ने चीनलाई चेतावनी पनि दिएकी थिइन्।

केही समय अगाडि मात्र ताइवानले चीनबाट खतरा महसुस भएको बताउँदै यसवर्ष क्षेप्यास्त्र विकासका कार्यक्रमहरु सन्चालन गरिने तथा सेना बलियो बनाउने कार्यक्रम अगाडि बढ्ने बताएको थियो।

यसबीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वतन्त्र ताइवान चाहनेबाट चीनलाई खतरा भएको बताउँदै उनले आफ्ना सेनालाई युद्धका लागि तयार हुन भनेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .