समाज


काठमाडौंमा ४ र ललितपुरमा एकजनामा संक्रमण पुष्टि

काठमाडौंमा ४ र ललितपुरमा एकजनामा संक्रमण पुष्टि

नेपालखबर
असार १, २०७७ सोमबार ११:३७,

काठमाडौंमा ४ जना र ललितपुरमा १ गरि सोमबार उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना महिला तथा धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पनि एकजना काठमाडौंका पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरे।

यस्तै पाटनमा गरिएको परीक्षणमा ललितपुरकी १ महिलामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

मन्त्रालयका अनुसार सोमबारमात्रै देशभर ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। हाल सम्म १ हजार ४१ जना डिस्चार्ज भैसकेका छन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad