कारोबार


‘खल्ती’ परिवारमा तीन वर्षमै जोडिए १३ लाख प्रयोगकर्ता

‘खल्ती’ परिवारमा तीन वर्षमै जोडिए १३ लाख प्रयोगकर्ता

नेपालखबर
असार १, २०७७ सोमबार ११:३८,

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन्। एन्ड्रोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ। ‘खल्ती’ले यो उचाइ तीन वर्षमै हासिल गरेको हो। प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ।

आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ। वेवपेज खल्तीडटकम बाट पनि अनलाइन पेमेन्ट गरिन्छ। मोवाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको कम्पनीले जनाएको छ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत वर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो। विशुद्ध नेपाली नामलाई ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामिण भेगसम्म लोकप्रिय बन्न पुगेको छ। दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन्।

खल्तिका निर्देशक अमित अग्रवाल भन्छन्, ‘छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा हामी निकै उत्साहित भएका छौं। हामीलाई आम प्रयोगकर्ताले जुन विश्वास, भरोसा र माया गर्नु भएको छ, त्यसको हामी ऋणी भएका छौं। सरकारले डिजिटल प्रविधिबाट भुक्तानी प्रक्रियालाइ प्रोत्साहन गरिरहेका बेला नेपालीले ‘खल्ती’लाइ आफ्नो स्मार्ट फोनको अभिन्न एप बनाउनु भएकामा हामी उहाँहरूलाइ धन्यवाद दिन चाहन्छौं। उहाँहरू सबैलाइ हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछौं। ‘खल्ती’मा सबै प्रकारका ब्यवसाय, संघसंस्था, सेवा प्रदायकलाइ जोड्दै हरेक कारोबारको भुक्तानी मोवाइलबाटै गर्न सक्ने बनाउन हामी निरंतर लागिरहने छौं।’

‘खल्ती’ले सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न आफ्नो क्षेत्रबाट योगदान गरिरहेको छ। हरेक घर र परिवारका हरेक सदस्यलाइ ‘खल्ती’मार्फत डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य ‘खल्ती’को छ।

नेपाल दूरसंचार प्राधिकरणको गत चैतको तथ्याङ्क अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताहरूको संख्या ३ करोड ७९ लाख ९० हजारभन्दा बढी छ। यो जनसंख्याको झण्डै १२७ प्रतिशत हो। यस्तै जनसंख्याको ५५ प्रतिशतले मोवाइलमा तीब्र गतिको इन्टरनेट सेवा प्रयोग गर्छन्। इन्टरनेट प्रयोगकर्ताको कुल संख्या ७३ प्रतिशतभन्दा बढी छ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो (चैत) तथ्याङ्क अनुसार १ करोड ६ लाख ७० हजार जना नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाख ९२ हजार ७ सय २४ जनाले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन्। ‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले प्रण गरेको छ।

कम्पनीले खल्ती नेपाली भर्सनमा पनि छिट्टै ल्याउने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad