कारोबार


लकडाउनमा नबुझाएको कर, शुल्क र दस्तुरको जरिवाना प्रदेश १ ले मिनाहा गर्ने

लकडाउनमा नबुझाएको कर, शुल्क र दस्तुरको जरिवाना प्रदेश १ ले मिनाहा गर्ने

नेपालखबर
असार १, २०७७ सोमबार ११:३१,

प्रदेश १ सरकारले लकडाउनका कारण कर, शुल्क र दस्तुर बुझाउन नपाएका व्यवसायीलाई राहत दिएको छ। आगामी आवका लागि प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटमा यस्तो सुविधा दिइएको हो।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बजेट प्रस्तुत गर्दै भने, ‘घरेलु तथा साना उद्योग कार्यालय, यातायात व्यवस्था कार्यालय र सहकारी रजिष्ट्रार कार्यालयहरुबाट प्रवाह हुने सेवामा ०७६ चैत ११ बाट लागू लकडाउन अवधिमा कर, शुल्क र दस्तुर बुझाउनुपर्नेमा नबुझाएको कारण जरिवाना लाग्ने भएमा जरिवाना मिनाहा गर्ने व्यवस्था मिलाएको छु।’

उनले यो सुविधा लकडाउन पूर्ण रुपमा खुलेको ६० दिनका लागि उपलब्ध हुने बताए। त्यस्तै प्रदेश १ मा दर्ता हुने सञ्चारमाध्यमको दर्ता र नवीकरणमा समेत छुटको व्यवस्था गरिएको बताए। त्यस्तै प्रदेशबाट स्थानीय तहमा हुने राजस्व बाँडफाँटलाई थप वैज्ञानिक र व्यवस्थित बनाइने उनको भनाइ छ। त्यस्तै करदाताहरु दोहोरो करको भारमा पर्न नहुने विषयलाई दृष्टिगत गर्दै वन पैदावारमा लाग्ने शुल्क पनि हटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad