अस्ट्रेलियाली संचारमाध्यमका अनुसार ती व्यक्तिको नाम काम जिलिस्पी हो। सन् २०१३ मा उनी ७.५ केजी मेथाम्फेटामिनसहित चीनको विमानस्थलमा पक्राउ परेको सिड्नी मर्निङ हेराल्डले जनाएको छ।
चीनले आफ्ना नागरिकलाई मृत्युदण्डको फैसला गरेपछि अस्ट्रेलियाले भने चिनियाँ कदमको विरोध गरेको छ।
‘चीनको फैसला सुनेर हामी अत्यन्त दुखी भएका छौं’ चीनको विदेश मन्त्रालयले भनेको छ,‘अस्ट्रेलिया जस्तोसुकै परिस्थितीमा र जोसुकैमाथि हुने मृत्युदण्डको विरोध गर्दछ। हामी विश्वव्यापी रुपमा मृत्युदण्ड हटोस् भन्ने पक्षमा छौं।’
व्यापार र कोरोना भाइरसको विषयलाई लिएर हाल अमेरिका र अस्ट्रेलियाबीच विवाद बढेका बेला चीनले अस्ट्रेलियाली नागरिकलाई मृत्युदण्डको फैसला गरेको हो।
अस्ट्रेलियाले चीनमा कोरोना भाइरस उत्पत्तिबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ। बीबीसी

प्रतिक्रिया