समाज


उपत्यकाका दुई ठाउँमा विप्लव समूहका बम कारखाना, ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

उपत्यकाका दुई ठाउँमा विप्लव समूहका बम कारखाना, ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ५:४६,

 प्रहरीले काठमाडौं उपत्यकाका दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बम कारखाना फेला पारेको छ।

ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसपी टेकबहादुर राईले आइतबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार ललितपुर महानगरपालिका-११, इखाछे र काठमाडौंको तार्केश्वर नगरपालिका–११, नेपालटारमा विप्लव समूहले बम बनाउने गरेको कारखाना फेला पारिएको हो।

प्रहरीको खोजीको सूचीमा रहेका विप्लव नेकपाका जिल्ला सदस्य श्याम भनिने सानुराजा बज्राचार्यलाई ललितपुर-११, तापाहिटीमा शुक्रबार साँझ पक्राउ गरिएपछि बम बनाउने कारखाना पत्ता लागेको एसपी राईले बताए।

‘गत पुस १९ गते गावाहालमा उनले बम राखेयता हामीले उनलाई खोजिरहेका थियौं,’ एसपी राईले नेपालखबरसँग भने, ‘त्यस क्रममा उनलाई शुक्रबार साँझ पक्राउ गर्न सफल भयौं, त्यसपछि अनुसन्धान गर्दै जाँदा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला पारेका छौं।’

उनका अनुसार बज्राचार्यको घर ललितपुर-११, इखाछे हो। पक्राउ परेलगत्तै उनको घर खानतलासी गर्दा १ थान पेस्तोल, ३ थान ग्रिनेटसहित विप्लव नेकपाका विभिन्न दस्तावेज बरामद भयो भने थप अनुसन्धान गर्दै जाँदा उनले काठमाडौंको तार्केश्वर-११, नेपालटारमा पनि कोठा लिएको पत्ता लाग्यो।

त्यहाँबाट झन् ठूलो मात्रामा बम बनाउने विस्फोटक पदार्थ बरामद (विवरण तल छ) भएको एसपी राईले जानकारी दिए।

पक्राउ परेका बज्राचार्य अहिले ललितपुर प्रहरी परिसरकाे हिरासतमा छन्। 

‘उनीबारे गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं,’ एसपी राईले भने, ‘अब उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा लगाउने तयारीमा छौं।’

bamlalit 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad