कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय १५ पुगेको छ।
प्रदेश सरकारको स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति जारी गरी प्रदेशका विभिन्न जिल्लामा थप ६९ जनामा संक्रमण देखिएको जानकारी दिएको हो।
नयाँ थपिएका संक्रमित सुर्खेत र दैलेख जिल्लाका छन्। सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायाण बिडारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :


प्रतिक्रिया