प्युठानमा एक किशोरीले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन्।
नौवहिनी गाउँपालिका -७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन्।
पति प्रेम पुनसँगै १७ जेठमा उनी भारतबाट घर आएकी थिइन्। घर आएपछि उनी पतिसँगै क्वारेन्टिनमा बस्न थालेकी थिइने।
सरस्वतीले गए राति १ बजे क्वारेन्टिनमै छोरालाई जन्म दिएकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए।
उनलाई स्वास्थ्यकर्मीकै निगरानीमा राखिएको छ। उनका आज आरडिटी परीक्षण गरिने पौडेलले बताए।
3
Shares

प्रतिक्रिया