समाज


वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या १८४ पुग्यो, चारको मृत्यु

वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या १८४ पुग्यो, चारको मृत्यु

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ५:५३,

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ८४ पुगेको छ। शुक्रबार ३९ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या एक सय ८४ पुगेको हो।

शुक्रबार धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाइँले जानकारी दिए।

बागमतीमा संक्रमितमध्ये ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। प्रदेशमा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad