समाज


विश्व स्वास्थ्य संगठन भन्छः कोरोना संक्रमणको दोस्रो लहर देखिन थाल्यो

विश्व स्वास्थ्य संगठन भन्छः कोरोना संक्रमणको दोस्रो लहर देखिन थाल्यो

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ०:४७,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वका केही देशमा कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको बताएकाे छ। 

सुरुमा लकडाउन, सामाजिक दूरीलगायत प्रतिबन्ध लगाइएका देशमा कोरोना केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दै गएकाले दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको चेतावनी डब्लूएचओले दिएको हो।

डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भने, ‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन्। युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन्।’

उनले अगाडि भने, ‘तर अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेका छन्, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ। अर्को शब्दमा, त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि मत्थर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ।’

यसको एउटा कारण केही देशले लकडाउनलगायत प्रतिबन्ध हटाउनु रहेको उनको भनाइ छ।

यस्तै डब्ल्यूएचओका महानिर्देशक डा‍. टेड्राेस एडहनम ग्रेबियससले कोरोनासँगको लडाइँ नसकिएको उल्लेख गर्दै उनले यो भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएका छन्। बेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ।

दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ।

अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीव्र बनेपछि अस्पतालका बेड भरिन थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad