समाज


एकै दिन एक लाख ३९ हजारमा कोरोना संक्रमण (विश्वको पछिल्लो अपडेटसहित)

एकै दिन एक लाख ३९ हजारमा कोरोना संक्रमण (विश्वको पछिल्लो अपडेटसहित)

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ०:३१,

गएको २४ घण्टामा विश्वभर एक लाख ३९ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वल्डओमिटरका अनुसार गएको २४ घण्टामा एक लाख ३९ हजार पाँच सय १६ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा संक्रमणबाट चार हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै, ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजार, पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरै, पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

विश्वभर संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ। संक्रमणको कारण अहिलेसम्म विश्वभर चार लाख २७ हजार ६ सय ७५ जनाले ज्यान गुमाइसकेका छन्। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।

शुक्रबार कोरोना संक्रमणको कारण ब्राजिलमा सबैभन्दा धेरै आठ सय ४३ जनाको ज्यान गएको छ।

त्यसैगरी अमेरिकामा सात सय ८०, मेक्सिकोमा पाँच सय ८७, भारतमा तीन सय ८९, बेलायतमा दुई सय दुई, रुसमा एक सय ८३, चिलीमा दुई सय २२, पेरुमा एक सय ९९, पाकिस्तानमा एक सय सात, इक्वेडरमा एक सय आठ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर ३९ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। संक्रमितमध्ये ५३ हजार आठ सय ३० जनाको अवस्था मात्रै गम्भीर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad