दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ।
शुक्रबार बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल प्रहार गर्दा डाँगीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले त्रिशूल प्रहारबाट डाँगीको मृत्यु भएको जानकारी दिए।
घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया