समाज


गृहको चेतावनी बेवास्ता गर्दै बसन्तपुरमा युवाहरुको प्रदर्शन

गृहको चेतावनी बेवास्ता गर्दै बसन्तपुरमा युवाहरुको प्रदर्शन

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ९:२०,

सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार बसन्तपुरमा प्रदर्शन गरेका छन्। 

सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्। बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो। सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टिन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।

शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ। शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन्। यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो। गृहमन्त्रालयले बिहीबार लक डाउनको उलंघन गरी प्रदर्शन गर्नेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad