ad ad

समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघ्यो, भारतमा एकै दिन झण्डै चार सयको मृत्यु

कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघ्यो, भारतमा एकै दिन झण्डै चार सयको मृत्यु

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार २:५३,

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण चार लाख २३ हजार ८६ जनाले ज्यान गुमाएका छन्।

वर्ल्डओमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर संक्रमितको संख्या ७५ लाख ८३ हजार नौ सय आठ पुगेको छ।

गएको २४ घण्टामा विश्वभर चार हजार नौ सय ५१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। यसबीचमा एक लाख ३६ हजार सात सय ५७ जना नयाँ संक्रमित थपिएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ६१ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा नौ सय चार जनाले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा भारतमा संक्रमणको कारण तीन सय ९४ जनाले ज्यान गुमाएका छन्। यो संख्या भारतमा संक्रमण देखिएयताकै सबैभन्दा उच्च हो। बिहीबार एकै दिन भारतमा ११ हजार एक सय २८ जना नयाँ संक्रमित थपिएका छन्

योसँगै भारतमा संक्रमितको संख्या झण्डै तीन लाख पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा अहिलेसम्म दुई लाख ९८ हजार दुई सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा अहिलेसम्म संक्रमणको कारण आठ हजार सात सय ७९ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .