ad ad

समाज


डाक्टरले नै चोरी गरे अस्पतालको अल्ट्रासाउण्ड मेसिन

डाक्टरले नै चोरी गरे अस्पतालको अल्ट्रासाउण्ड मेसिन

नेपालखबर
जेठ २८, २०७७ बुधबार १५:११,

पाटन अस्पतालको आईसीयूबाट पोर्टेवल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। प्रहरीले डा. प्रविन मिश्र र अर्का एक युवकलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्ने सर्लाही बलरा नगरपालिका–१ घर भई हाल काठमाडौं बस्ने वर्ष ३६ को डा. प्रविन मिश्र र महोत्तरी बर्दिवास नगरपालिका–१३ बर्दिवास बस्ने वर्ष २० को रमेश कुमार शर्मा छन्।

यही जेठ १७ गतेको दिन विहान पाटन अस्पतालको आईसीयू वार्डमा रहेको २० लाख ७९ हजार ८०७ रुपैयाँ पर्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौं भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी उक्त मेसिनको पार्ट पुर्जाहरु चोरी गरी लगेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनीहरुलाई ललितपुर जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .