रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित एक होटलमा भएको जबरजस्ती करणी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
यही असार २१ गते भएको उक्त घटनाबारे पीडितको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरूमध्ये चार जना भारतीय नागरिक हुन् भने एक जना नेपाली रहेका छन्।
पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मजफरपुर जिल्ला मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, मजफरपुर जिल्ला बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम तथा मजफरपुर जिल्ला क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन्।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया