ad ad

समाज


कालिकोट दुर्घटना : ३ वर्षीया बालिकासहित दुई जना अझै बेपत्ता

कालिकोट दुर्घटना : ३ वर्षीया बालिकासहित दुई जना अझै बेपत्ता

नेपालखबर
जेठ २८, २०७७ बुधबार १४:५४,

कालिकोटस्थित कर्णाली नदीमा भएको टिपर दुर्घटनामा तीन वर्षीया बालिका र अर्की एक महिला अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा रासकोट नगरपालिका २ की बालिका र रासकोट ३ की ३५ वर्षीया मोना सार्की कुमाल रहेको कालिकोटका प्रहरी प्रमुख डीएसपी श्याम ओलियाले जानकारी दिए।

नदीमा खसेको टिपर स्काभेटरले निकाल्न नसकेको र बिहीबार गोताखोर परिचालन गरिने डीएसपी ओलियाले बताए।

दुर्घटनामा दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रास्कोट नगरपालिका २ का २३ वर्षीया शर्मिला सार्की र २१ वर्षीया थुम्की सार्की रहेका छन्।

दुर्घटनामा ९ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई सुर्खेत रेफर गरिएको डीएसपी ओलियाले बताए।

घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की र निस्पता सार्की छन्।

उनीहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ३९ जना सवार टिपरका अन्यको भने सकुशल उद्धार गरिएको छ।

टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर जितेबजारको पारिपट्टि कर्णाली र तिला नदीको संगमस्थलमा खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .