ad ad

समाज


भक्तपुरकाे सडकमा आएको भेलले बगाउँदा ट्रक चालक बेपत्ता

भक्तपुरकाे सडकमा आएको भेलले बगाउँदा ट्रक चालक बेपत्ता

नेपालखबर
जेठ २८, २०७७ बुधबार १५:१३,

ठूलो वर्षाका कारण भक्तपुरको चुनदेवीमा आज (बुधबार) दिउँसाे आएको भेलले राजमार्गबाटै ट्रक चालकलाई बगाएर बेपत्ता बनाएको छ।

भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार भेलले बगाएर ढलभित्र छिराउँदा सिन्धुलीको रानीचुरी घर भई मकवानपुरको हेटौंडा निवासी नरबहादुर राउत बेपत्ता भएका हुन्। 

ना. ६ ख १६१६ नम्बरको ट्रकमा हेटौंंडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर ५७ वर्षीय चालक राउत अरनिको राजमार्गअन्तर्गत चुनदेवीमा पानी कति छ भनेर हेर्न गएका थिए। त्यही क्रममा भेलले हुत्याएर उनलाई ढलभित्र छिराएकाे प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएकाे छ।  

दिउँसाे पाैने ४ बजेदेखि बेपत्ता उनी राति सवा ९ बजेसम्म फेला नपरेकाे भक्तपुर परिसरका प्रवक्ता डीएसपी दीपक गिरीले नेपालखबरसँग बताए। 

‘अहिले पनि हाम्राे टोलीले पुल छेउछाउ हेर्ने काम त गरिरहेकाे छ,’ डीएसपी गिरीले बुधबार राति नेपालखबरसँग भने, ‘अब यस्तो राति प्रहरी नै फस्ला भन्ने डर भइसक्यो, तैपनि खोजी जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .