ad ad

समाज


जोर्ज फ्लोएडको मृत शरीरलाई उनकै आमाको चिहान नजिक गाडियो

जोर्ज फ्लोएडको मृत शरीरलाई उनकै आमाको चिहान नजिक गाडियो

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:१३,

ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिएको बीबीसीले जनाएको छ।

अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएडको गत मे २५ तारिखमा मृत्यु भएको थियो।

प्रहरीले हथकडी लगाइएका फ्लोएडको घाँटीमा झन्डै ९ मिनेट थिच्दा उनको मृत्यु भएको थियो।

यस घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्यासम्बन्धी आरोप लगाइएको छ।

यस घटनायता अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। मानिसहरुले अश्वेतको जीवनले पनि अर्थ राख्छ भन्दै प्रदर्शन गरिरहेका छन्।

फ्लोएडको अन्तिम संस्कारका क्रममा अमेरिका जातीय न्यायको माग गरिएको थियो।

ताबूत

मंगलबार टेक्सासको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू लामबद्ध भएका थिए।

फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए।

फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी सोमवार पहिलो पटक अदालतमा उपस्थित भएका थिए।

अदालतले आरोपित डेरेक शोभिनसँग साढे १२ लाख डलर धरौटी माग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .