समाज


मलेशियामा भएको दुर्घटनामा दुई नेपाली युवाको मृत्यु

मलेशियामा भएको दुर्घटनामा दुई नेपाली युवाको मृत्यु

नेपालखबर
असार २९, २०७६ आइतबार १:३४,

सडक दुर्घटनामा परेर मलेशियामा दुई जना नेपाली युवाको मृत्यु भएको छ।

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोट घर भई भट्टसँगै एउटै कम्पनीमा कार्यरत शिव दाहालको सडक दुर्घटनामा मृत्यु भएको हो।

शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा २ का वडाध्यक्ष शिवराज पनेरुले जानकारी दिए।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै दाहालको समेत मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad