ad ad

समाज


कर्णालीमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७१ पुग्यो

कर्णालीमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७१ पुग्यो

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ८:३३,

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्यविद्दान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

आज कोरोना पुष्टि हुनेहरुमा सल्यानका १३, सुर्खेतका ५ जुम्लाका २ जना रहेका छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाका कारण ३ जनाको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. तिवारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .