ad ad

समाज


कोरोना सुरुवाती चरणमै छ, लकडाउनले ३१ लाख ज्यान जोगाएको छ: अनुसन्धान

कोरोना सुरुवाती चरणमै छ, लकडाउनले ३१ लाख ज्यान जोगाएको छ: अनुसन्धान

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १:३१,

एक अध्ययनले कोरोना महामारी अझै सुरुवाती चरणमै रहेको चेतावनी दिँदै लकडाउन गरिएका कारण ३० लाखभन्दा बढी मानिसलाई मृत्युबाट जोगाएको आकलन सार्वजनिक गरेको छ।

इम्पेरियल कलेज लन्डनको अनुसन्धान टोलीले गरेको अध्ययनले लकडाउन नगरिएको भए युरोपमा कोरोना संक्रमणका कारण अहिलेभन्दा धेरैको मृत्यु हुने सक्ने प्रतिवेदन सार्वजनिक गरेको हो।

लकडाउनलगायत सावधानीका उपाय अपनाएका कारण मात्र अहिलेसम्म थोरै मानिसमा मात्र कोरोना संक्रमण भएको उल्लेख गर्दैै अझै यो महामारी सुरुवाती चरणमै रहेकाले निकै जोखिम रहेको ती अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

इम्पेलियल कलेजको टोलीले युरोपका ११ देशमा अध्ययन गरेपछि यस्तो तथ्य सार्वजनिक गरेको हो।

अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र बेलयातमा मे को सुरुसम्म लकडाउनको प्रभाव अध्ययनको क्रममा हेरिएको हो । त्यो बेलासम्म ती ११ देशमा कोरोना भाइरसका कारण झण्डै एक लाख ३० हजार मानिसको ज्यान गएको थियो ।

टोलीले लकडाउन नगरिएको भए कति मानिसको ज्यान जाने थियो भन्ने अनुमानित तथ्यांक निकाल्न ‘डिजिज मोडलिङ’ विधि प्रयोग गरेका थिए। जसबाट लकडाउन लागू नगरिएको भए मे ४ सम्ममा ती ११ देशमा कोरोना संक्रमणका कारण ३२ लाख मानिसको ज्यान जाने अनुमानित तथ्यांक देखिएको हो।

यसको अर्थ- लकडाउनजस्ता प्रतिबन्धका कारण झन्डै ३१ लाख मानिसको ज्यान जोगिएको छ।

लकडाउनले बेलायतमा ४ लाख ७० हजार, फ्रान्समा ६ लाख ९० हजार तथा इटालीमा ६ लाख ३० हजार मानिसलाई मृत्युबाट बचाउन सफल भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

यस्तै लकडाउनलगायत सावधानीले ती देशमा ५३ करोडभन्दा बढी मानिसलाई संक्रमणबाट जोगाएको अनुसन्धानले देखाएको छ। यो अनुसन्धान प्रतिवेदन नेचर जर्नलमा प्रकाशित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .