ad ad

छापा खबर


कस्तो थियो सुगौली सन्धिपछि नेपालको पहिलो नक्सा?

कस्तो थियो सुगौली सन्धिपछि नेपालको पहिलो नक्सा?

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १:३१,

सुगौली सन्धिलगत्तै सन् १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी लेखिएको छ। यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो।

तत्कालीन इस्ट–इन्डिया कम्पनी कार्यालयमा छापिएको यस नक्सामा लिम्पियाधुराबाटै निस्केको काली नदी लेखिएको छ। साथै, यस नक्सामा लिपुलेकबाट निस्केको नदीलाई कुनै नाम दिइएको छैन।

लिपुलेकबाट निस्केको नदी कम महत्वको सानो सहायक नदी हो भन्ने स्पष्ट हुन्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ सुगौली सन्धिलगत्तै पहिलो नक्सा १८१९ मा जारी भएको पाइएको बताउँछन्। ‘म्याप अफ प्रोभिन्स अफ कुमाल’ लेखिएको नक्साको उत्तरमा चिनियाँ भूभाग तथा पूर्वमा निपाल (नेपाल) तथा डोटी उल्लेख छ।

श्रेष्ठका अनुसार यो नक्सा सर्भे अफ इन्डियाका क्याप्टेन एच.एस.वेभ सर्भेयरले तयार परेका हुन्। त्यो नक्सा १ इन्च बराबर १ माइल स्केलबाट तयार पारिएको छ।

त्रिभुवन विश्वविद्यालय भूभाग विभागका तत्कालीन प्रमुख डा. मंगलसिद्धि मानन्धर हालका विभागीय प्रमुख हृदयलाल कोइरालाले जर्नलमा सन् १८१९ पहिलो नक्साका रूपमा उल्लेख गरिएको छ।

जर्नलमा ब्रिटिस भारत सरकारको सर्भे अफ इन्डियाबाटै प्रकाशित सुगौली सन्धि समयको तुरुन्तपछिको यो आधिकारिक नक्साले पनि वास्तविक काली नदी भनेर लिम्पियाधुराबाटै निस्किएको नदीलाई प्रमाणित गरेको उल्लेख गरिएको छ। काली नदीको पूर्वमा कुटी, नाबी, गुन्जी, कुन्लस पर्वत परेको नक्सामा स्पष्ट देखिन्छ।

लेखक तथा अनुसन्धानकर्ता रतन भण्डारीले सुगौली सन्धिपछिको लगत्तैको नक्सा पहिलो नक्सा सन् १८१९ मै प्रकाशन भएको भेटिएको बताए।

त्यस सुगौली सन्धि हुँदै गर्दा पनि प्रकाशित नक्सामा काली नदीको उद्गमस्थल लिम्पियाधुरा नै भएको उल्लेख छ। १८१६ मार्च ४ मा नेपालमा इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .