समाज


वैज्ञानिक भन्छन्ः कोरोनाभन्दा खतरनाक महामारी आउने सम्भावना छ

वैज्ञानिक भन्छन्ः कोरोनाभन्दा खतरनाक महामारी आउने सम्भावना छ

नेपालखबर
जेठ २५, २०७७ आइतबार २:५३,

कोरोना संक्रमणबाट विश्व नै आक्रान्त भइरहेका बेला वैज्ञानिकले वन्यजन्तुबाट विश्वमा आँधीबेहरीजस्तै तीव्र गतिमा फैलिन सक्ने योभन्दा खतरनाक महामारी आउने सम्भावना देखिएको बताएका छन्।

मानव जातिले नै प्रकृतिमा गरिरहेको अतिक्रमणले यो प्रक्रियालाई बढावा दिएको उनीहरूको ठहर छ। यसर्थ कोरोना नै अन्तिम महामारी नहुने देखिएको उनीहरूले चेतावनी दिएका छन्। 

वनजंगल मास्ने तथा वन्यजन्तुको बासस्थान अतिक्रमण गर्ने क्रमले गर्दा नै विश्वमा नयाँ-नयाँ खतरनाक संक्रमण फैलिरहेको उनीहरूको अनुसन्धानले देखाएको हाे।

उनीहरूको ठहर छ- ‘वन्यजन्तुबाट तुफानको गतिमा संक्रामक रोग फैलिन सक्ने एक खालको वातावरण बनिसकेको अवस्था छ।’ तर उनीहरूले यो कहिलेसम्म आउने सम्भावना छ भनेर केही बताएका छैनन्।

नयाँ-नयाँ रोगबारे अनुसन्धान गरिरहेका विशेषज्ञले मानवले गरेको अतिक्रमणका कारण विभिन्न जनावरबाट मानिसमा रोग सरेको पाइएको र कुन जनावर मानिसका लागि खतरनाक छ भनेर अध्ययन भइरहेको जानकारी दिएका छन्।

‘बितेका २० वर्षमा फरक-फरक खालका बडो खतरनाक ६ वटा महामारी हाम्रासामु आएका छन्,’ लिभरपुल विश्वविद्यालयका प्राध्यापक माथ्यु बिआलिसले बीबीसीसँग भनेका छन्, ‘सार्स, मर्स, इबोला, एभियन इन्फ्लुएन्जा र स्वाइनफ्लुलाई त जित्यौं तर छेटौं (कोरोना) लाई ...??’

यो नै अन्तिम महामारी नभएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘तसर्थ हामीले वन्यजन्तुका रोगबारे राम्रोसँग अध्ययन गर्न जरुरी छ।’

लन्डन विश्वविद्यालयका प्राध्यापक केट जोन्सका अनुसार प्रकृतिमा मानवले गरेको हस्तक्षेपकै कारण धेरै संक्रामक रोगको जोखिम बढाइरहेको हो।

तर प्रकृतिका सबै वन्यजन्तु संक्रामक रोग फैलाउन जिम्मेवार नहुने र कुन प्रजातिका जनावर यसका लागि खतरनाक छ भनेर अनुसन्धान आवश्यक रहेको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad