समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, भारतमा शनिबार ३ सयको मृत्यु

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, भारतमा शनिबार ३ सयको मृत्यु

नेपालखबर
जेठ २५, २०७७ आइतबार १:१०,

विश्वमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ।

वल्र्डओमिटरका अनुसार आइतबार बिहान ६ बजेसम्म विश्वभर गरेर संक्रमणबाट चार लाख एक हजार ६ सय सात जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ६९ लाख ६६ हजार चार सय ९० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजार भन्दा धेरैको मृत्यु भएको छ। गएको २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै नौ सय १० जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा सात सय ६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर गरेर एक लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा साढे २७ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने अमेरिकामा साढे २२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

भारतमा शनिबार १० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। भारतमा शनिबार मात्रै १० हजार चार सय ३८ जनामा संक्रमण देखिएको हो।

अहिलेसम्म त्यहाँ संक्रमणबाट ६ हजार नौ सय ४६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या अढाई लाख नजिक पुगेको छ। शनिबार भारतमा संक्रमणको कारण दुई सय ९७ जनाले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad