नेपालमा क्वारेन्टिनमा बसेका बेला एकपछि मृत्युका घटना भइरहेका छन्। यसै क्रममा आज (शनिबार) राति बैतडीमा एक युवकको मृत्यु भएको छ।
भारतबाट शनिबार बिहान मात्र आएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका ३१ वर्षीय युवकको अघि राति साढे ८ बजेतिर मृत्यु भएको हो।
पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टका अनुसार एक्कासि बेहोस भएर ढलेका उनको उपचार गर्दागर्दै मृत्यु भएको हो।
कोरोना परीक्षणका लागि उनको स्वाब निकालेर धनगढी पठाउने तयारी भएको छ।
3
Shares

प्रतिक्रिया