समाज


बर्दिया प्रशासनका चालकलाई कोरोना, जसले २ दिनअघि मात्र २ सीडीओलाई लाने/ल्याउने गरेका थिए

बर्दिया प्रशासनका चालकलाई कोरोना, जसले २ दिनअघि मात्र २ सीडीओलाई लाने/ल्याउने गरेका थिए

नेपालखबर
जेठ २४, २०७७ शनिबार १६:३१,

बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीका अनुसार ५५ वर्षीय चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई अहिले गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको छ।

उनी २ दिनअघि मात्र सरुवा भएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्‍याएर फर्किएका थिए। तर प्रमुख जिल्ला अधिकारी लामिछानेको स्बाव परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको उनले जानकारी दिएका छन्।

नयॉ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई उनले काठमाडौंबाट बर्दिया लगेका थिए।

चालकलाई कोरोना पुष्टि भएपछि बर्दिया जिल्ला प्रशासन कार्यालय सिल गरिएको छ भने त्यहाँका १९ कर्मचारीको स्वाब शनिबार संकलन गरिएको छ। अन्यको स्वाब आइतबार संकलन गरिने बर्दिया स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

पीसीआर नतिजा नआउँदासम्म प्रशासनका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad