ad ad

समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, कस्तो छ पछिल्लो संक्रमणदर?

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, कस्तो छ पछिल्लो संक्रमणदर?

नेपालखबर
जेठ २४, २०७७ शनिबार ०:४८,

विश्वभरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुगेको छ।

वर्ल्डओमिटरका अनुसार शनिबार बिहान ६ बजेसम्म विश्वभर तीन लाख ९७ हजार चार सय ४१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा मात्रै संक्रमणबाट चार हजार नौ सय एक जनाले ज्यान गुमाएका छन्।

विश्वभर संक्रमितको संख्या ६८ लाख ३९ हजार दुईसय ४४ पुगेको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ३० हजार दुईसय ८६ जनामा संक्रमण देखिएको छ। यसले कोरोना संक्रमणदर झन् झन् बढ्दै गएको देखाएको छ।

शुक्रबार ब्राजिलमा सबैभन्दा बढी एक हजार आठ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा नौसय ७०, मेक्सिकोमा आठ सय १६, बेलायतमा तीनसय ५७, भारतमा दुईसय ८६, रुसमा एक सय ४४, पेरुमा एकसय ३१ जनाले ज्यान गुमाएका छन्।

संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ११ हजार तीनसय ८५ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी बेलायतमा ४० हजार दुईसय ६१, ब्राजिलमा ३५ हजार ४७, इटालीमा ३३ हजार सातसय ७४, फ्रान्समा २९ हजार एकसय ११, स्पेनमा २७ हजार एकसय ३४ जनाले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा ३० हजार एकसय ३६ जनामा संक्रमण देखिएको छ। त्यसैगरी अमेरिकामा २५ हजार दुईसय ३६, भारतमा नौ हजार चारसय ७१, रुसमा आठहजार सातसय २६, चिली, पेरु र मेक्सिकोमा चार/चार सयभन्दा धेरै, पाकिस्तानमा झण्डै चार हजार, इरान र साउदी अरेबियामा २५/२५ सयभन्दा धेरै, बंगलादेशमा २८ सय २८ जनामा संक्रमण देखिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .