ad ad

छापा खबर


अब लक्षण नदेखिँदासम्म पिसिआर विधिबाट परीक्षण नहुने, संक्रमणको जोखिम झन् बढ्यो

अब लक्षण नदेखिँदासम्म पिसिआर विधिबाट परीक्षण नहुने, संक्रमणको जोखिम झन् बढ्यो

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार २३:५६,

कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ।

अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने स्पष्ट पारेको छ । आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ । आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन।

राज्यको स्रोतसाधनले धान्न नसक्ने देखेपछि लक्षण नभएकालाई परीक्षण नगरी घर पठाउने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए । भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन्।

निर्देशिकामा स्पष्टसँग लेखिएको छ, ‘कोरोनाको लक्षण नदेखिएकालाई अब पिसिआर विधिमार्फत कोरोना जाँच गरिँदैन।’ अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको भने १४ दिनपछि आरडिटी परीक्षण गरिनेछ । स्रोतका अनुसार आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा मात्रै पिसिआर परीक्षण हुनेछ । सरकारमातहत रहेको अनुसन्धान परिषद्ले समेत हालै गरेको एक अध्ययनले उपचारमा आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने सुझाब दिएको थियो।

मन्त्रालय स्रोत भन्छ, ‘आरटी–पिसिआर परीक्षण निकै महँगो विधि रहेछ, हामीलाई धान्न निकै कठिन भयो । त्यसैले अब लक्षण नभएकालाई परीक्षणमा पिसिआर विधि प्रयोग गरिनेछैन।’

कोरोना जाँचको चार महिनामै सरकार परीक्षणबाट भाग्न खोजेको देखिएको छ । अहिलेसम्म देशभर एक लाख ६६ हजार चार सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै दुई हजार नौ सय १२ जनामा संक्रमण देखिएको छ । सबैजसो संक्रमितहरू लक्षणविहीन रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .