जुम्लामा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।
जुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको चन्दननाथ नगरपालिका-८ तलिउमस्थित माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।
डीएसपी लालबहादुर धामीका अनुसार ती वृद्ध यही जेठ २१ गते बर्दियाबाट आएका थिए।
कोरोना छ कि छैन भनेर जाँच्न मृतकको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
स्थानीयका अनुसार ती व्यक्ति दमका रोगी थिए।

प्रतिक्रिया