समाज


रौतहटको क्वारेन्टिनमा स्वास्थ्यकर्मीको टाउको फुटाउने ५ जनामध्ये १ पक्राउ

रौतहटको क्वारेन्टिनमा स्वास्थ्यकर्मीको टाउको फुटाउने ५ जनामध्ये १ पक्राउ

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ५:९,

रौतहटको राजपुर नगरपालिका-९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टिनमा झगडा गर्दै स्वास्थ्यकर्मीको टाउको फुटाउने पाँच व्यक्तिमध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जनकपुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले स्वास्थ्यकर्मी कुट्ने मुख्य व्यक्ति स्थानीय रुस्तम मियाँलाई पक्राउ बिहीबार गरेको हो। अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

माथि उल्लिखित क्वारेन्टिनमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने क्रममा घर जान नपाएको भन्दै उनीहरूले सिनियर अहेव खुर्सीद आलम र रामनरेश साहको टाउकामा प्रहार गरेका थिए। आक्रमणबाट दुवै स्वास्थ्यकर्मी गम्भीर घाइते छन्।

परीक्षण गराएर मात्रै घर पठाउने भनेपछि उनीहरूले विरोध गर्दै स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad