समाज


इटालीले युरोपेली मुलुकका लागि पर्यटन खुला गर्ने

इटालीले युरोपेली मुलुकका लागि पर्यटन खुला गर्ने

नेपालखबर
जेठ २१, २०७७ बुधबार ८:४९,

कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो।

गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो।

पर्यटकहरुले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन्।

तर ठूलो संख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुने छैन। युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्वाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ।

युरोपमै कोरोनाभाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरुमा ठूलो संख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना संक्रमितको संख्या ठूलो थियो। हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो। लकडाउन कडा पारिएपछि मात्र यहाँ कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको थियो।

दोस्रो विश्यवयुद्ध पति पहिलोपटक अर्थतन्त्रमा मन्दीको अनुभव गरेको इटालीको अर्थतन्त्रमा सुधार ल्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ, र यो जतिसक्दो चाँडो खुला गरिनु आवश्यक छ।

तर अझै पनि इटालीमा दैनिक दर्जनौं व्यक्ति कोरोना संक्रमित भेटिएका छन्, खासगरी उत्तरी लोम्बार्डी क्षेत्रमा कोरोना संक्रमित देखिएका छन्। विज्ञहरुले इटालीले यात्रामा खुकुलो पार्न हतार गरिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय उडानहरु इटालीका मुख्यतः तीनवटा शहरहरु मिलान, रोम र नेपल्समा हुनेछ। तर कार, रेल र पानी जहाजबाट इटाली आउने मानिसहरु जहाँ पनि जान सक्नेछन्।

स्वीट्जरल्यान्डले आफ्ना नागरिकलाई इटालीको भ्रमण गरेर फर्किए आवश्यक स्वास्थ्य सकर्तता अपनाउन चेतावनी दिएको छ। स्वीट्जरल्यान्डले यही जुन १५ मा इटाली बाहेक जर्मनी, फ्रान्स र अस्ट्रियासँगको सीमा खोल्दैछ।

अस्ट्रियाले पनि मध्य जुनदेखि इटाली बाहेकका जर्मनी, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीसँगको सीमा खोल्दैछ।

इटालीमा लकडाउनले आर्थिक क्षेत्रमा सर्वाधिक प्रभाव पारेको अध्ययनहरुले देखाएका छन् । पर्यटन क्षेत्रको योगदान इटालीको अर्थतन्त्रमा १३ प्रतिशतको कूल गार्हस्थ्य उत्पादन जिडिपी रहेको छ।

लकडाउनका कारण इटालीका ऐतिहासिक क्षेत्रहरु, रेस्टुराँ, होटल तथा अरु पर्यटकीय गतिविधिका क्षेत्रहरु बन्द गरिएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad