कर्णाली प्रदेशका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा बुधबार ४ महिनाको बालकसहित थप १६ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमितहरुमा दैलेखका ७ जना, सल्यानका २ जना र कालिकोटाका ७ जना रहेको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।
दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ८ का एक जना, नारायण नगरपालिका वडा नम्बर २ का ५ जना र दुल्लु नगरपालिका २ का एक गरी ७ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै कालिकोटका महावै गाउँपालकिा वडा नम्बर २ का एक जना, महावै गाउँपालिका–४ का ४ महिने बालकसहित २ जना, तिलागुफा नगरपालिका– २ का १ जना, पलाँता गाउँपालिका–७, का १ जना, शुभकालिका गाउँपालिका–३, का एक जना र सान्नित्रिवेणी गाउँपालिका–२, का एकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। त्यस्तै सल्यानको कुमाख गाउँपालिका–३, का २ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता डा. तिवारीले जानकारी दिए।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २८७ पुगेको छ भने दैलेखका १ जनाको मृतयु समेत भएको छ।
Shares

प्रतिक्रिया