समाज


नेपालमा अहिलेसम्मकै बढी संक्रमित थपिए, आज मात्रै २८८ जनामा कोरोना पुष्टि

नेपालमा अहिलेसम्मकै बढी संक्रमित थपिए, आज मात्रै २८८ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १०:४०,

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी रहेको छ।

मंगलबारमात्रै  २७० पुरुष र १८ महिला गरी  थप २८८ जनामा कोरोना पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना पुष्टि भएको बताए।याेसँगै नेपालमा  संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ। तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन्।

प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad