समाज


काठमाडौंको बुटिक होटलमा राति जुवा खेलिरहेका बेला नगदसहित ८ व्यापारी पक्राउ

काठमाडौंको बुटिक होटलमा राति जुवा खेलिरहेका बेला नगदसहित ८ व्यापारी पक्राउ

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ३:३३,

काठमाडौंको कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका बेला ८ व्यापारी र होटल सञ्चालक पक्राउ परेका छन्। दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार व्यापारीहरू नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतानलाई जुवा खेलिरहेका बेला पक्राउ गरिएको हो।

वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। टोलीले होटल सञ्चालक कोलकताका मिक्की जोगाईलाई समेत पक्राउ गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामकुमार ज्ञवालीले ८ जुवाडे र एक जना होटल सञ्चालक पक्राउ गरिएको पुष्टि गरे। अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्। उनी विशाल ग्रुपका सञ्चालकसमेत हुन्।

उनीहरूको साथबाट प्रहरीले १ सय ७९ चिप्स र २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad