रुकुमपूर्वको भूमे गाउँपालिका-२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता भएका छन्।
पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली बेपत्ता भएका हुन्।
पारिवारिक स्रोतका अनुसार ४ जेठमा दाजुभाइ दिदीको घर रोल्पाको थबाङ गएका थिए। दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन्।
थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले बताए। हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारजनले सबैमा आग्रह गरेका छन्।
अभिभावकले उनीहरुको खोजी गरिदिन प्रहरीमा सोमबार निवेदन दिएका छन्। रासस

प्रतिक्रिया