गृह मन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीसहित ४४ कर्मचारीको सरुवा गरेको छ।
महोत्तरी, डोटी, बर्दिया, दार्चुला, ओखढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।
काठमाडौंका दुवै सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। कृष्णबहादुर कट्वाल महोत्तरीको प्रमुख जिल्ला अधिकारीका लागि सरुवा भएका छन् भने जीवन आचार्य संखुवासभाको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन्।
यस्तै अध्यागमन विभाग र कारागार प्रशासनका पनि केही कर्मचारीको सरुवा भएको छ।
यी हुन् सरुवा हुने कर्मचारी
प्रतिक्रिया