अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकामा जातिवाद अन्त्य हुनुपर्ने भन्दै आन्दोलन चर्किएको छ। प्रदर्शनले हिंस्रक रुप लिइरहेको छ।
प्रहरीले नियन्त्रणमा लिएर, हथकडी लगाएर घाँटीमा घुँडाले थिचेपछि फ्लोएडको गत मे २५ का दिन मृत्यु भएको थियो।
मिसेल ओबामा भन्छिन्,‘जातिवादको जरालाई उखेल्न कालासँगै गैरकाला जातिले पनि मद्दत गर्नुपर्छ।’
श्रीमान बाराक ओबामाले जातिवाद अन्त्य गर्न पुरानो दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्ने बताएपछि मिसेल ओबामाले सबैले मिलेर समाजको कुसंस्कार त्याग्न भूमिका खेले संसारमा सबैबीच प्रेम फस्टाउने धारणा राखेकी हुन्।
View this post on InstagramA post shared by Michelle Obama (@michelleobama) on
प्रतिक्रिया