धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजारआसपास केन्द्रबिन्दु भूकम्प गएको हो।
४.८ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
भूकम्पकाे धक्का काठमाडाैँ उपत्यकामा समेत महसुस भएकाे थियाे।
प्रतिक्रिया