समाज


चट्याङ लाग्दा दुईको मृत्यु, एक घाइते

चट्याङ लाग्दा दुईको मृत्यु, एक घाइते

नेपालखबर
जेठ १७, २०७७ शनिबार ०:४५,

चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए।

शुक्रबार दिउँसो घरमा बसिरहेको बेला चट्याङ लाग्दा ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीयाआशा बुढामगरको मृत्यु भएको हो। चट्याङ लागेर २४ वर्षीय सविन बुढामगर घाइते भएका छन्। उनी मृतक आशा बुढामगरका पति हुन्।

चट्याङ लागेपछि बेहोस भएका उनीहरुलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा लगिएको थियो। अस्पताल पुर्याउनासाथ डा. धनमाया घर्तीमगरले उनीहरुलाई मृत घोषणा गरेकी थिइन्। चट्याङ लागेर घरमासमेत सामान्य क्षति पुगेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

एक महिनाको बीचमा रोल्पामा चट्याङ लागेर चारजनाको मृत्यु भइसकेको छ। वैशाख २५ गते रोल्पाको सिर्पमा पनि चट्याङ लागेर दुईजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad