समाज


कोरोना : शुक्रबार भारतमा २६९ जनाको मृत्यु, संक्रमण पनि अहिलेसम्मकै उच्च

कोरोना : शुक्रबार भारतमा २६९ जनाको मृत्यु, संक्रमण पनि अहिलेसम्मकै उच्च

नेपालखबर
जेठ १७, २०७७ शनिबार १:८,

भारतमा शुक्रबार आठ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार शुक्रबार भारतमा ८ हजार १०५ जनामा कारोना संक्रमण पुष्टि भएको हो।

त्यहाँ हिजो संक्रमणको कारण २ सय ६९ जनाले ज्यान गुमाएका छन्।बिहीबार भारतमा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको थियो भने ७ हजार ३ सयमा संक्रमण देखिएको थियो। भारमा लकडाउन केही खुकुला हुन थालेसँगै काेराेनाकाे संक्रमण र मृत्युदर बढ्न थालेकाे छ।

भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ९ सय ८० पुगेको छ भने संक्रमितको संख्या १ लाख ७३ हजार ४ सय ९१ पुगेको छ। त्यहाँ अहिलेसम्म ८२ हजार ६ सय भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

लकडाउन खुकुलो बनाएसँगै विश्वभर नै कोरोना संक्रमण दर झनझन् बढ्दै गएको छ। अमेरिका र युरोपियन मुलुकले पनि लकडाउनलाई खुकुलो बनाउन थालेका छन्। साउदी, यूएई, कुवेत, ओमान, मलेसिया लगायतका खाडी मुलुकले पनि विस्तारै आर्थिक गतिविधि सुरु गर्न थालेका छन्। यसले संक्रमण दर बढ्ने जाेखिम छ।

गएको २४ घण्टामा विश्वभर १ लाख २५ हजार २ सय नयाँ संक्रमित थपिएका छन्। यो संक्रमण अहिलेसम्म एकै दिन देखिएको अहिलेसम्मकै धेरै हो। बिहीबार विश्वभर एकलाख १६ हजार २४ जनामा कोरोना संक्रमण भएको थियो।

 शुक्रबार विश्वभर ४ हजार ८६६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख ६६ हजार ४ सय १५ पुगेको छ।

शुक्रबार अमेरिकामा १२ सय भन्दा धेरै, ब्राजिलमा ११ सय ८०, मेक्सिकोमा ४४७, बेलायतमा ३२४, रुसमा २३२, पेरुमा १३१, क्यानाडामा १०२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad