काभ्रेमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुई दिनदेखिको लगाताको वर्षाले काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो।
पहिलोरले स्थानीय रामप्रसाद दंगालको घर पुरिएको र पहिरोमा परेर उनकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) जयराम सापकोटाले बताए।
त्यस्तै पहिरोमा परेका दंगालका बुहारी ३० वर्षीया सुशीला दंगाल र ७ दिनकी नातिनी अनुस्कालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको एसपी सापकोटाले बताए।
लगातारको वर्षापछि घरमाथिबाट आएको पहिरोले शुक्रबार बिहान घर पुरेको एसपी सापकोटाले नेपालखबरलाई बताए।
उनले वर्षाका कारण काभ्रेमा साना ठूला पहिरो आए पनि अन्य क्षेत्रमा भने मानवीय क्षति नभएको बताए।
Shares

प्रतिक्रिया