कारोबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ बजेसम्म बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल २ बजेसम्म बन्द

नेपालखबर
असार २७, २०७६ शुक्रबार ७:३६,

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल २ बजेसम्मका लागि बन्द भएको छ। शुक्रबार त्रिभुवन विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लिएर धावनमार्गमै रहेका कारण विमानस्थल २ बजेसम्मका लागि बन्द गरिएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले उक्त जहाजलाई धावनमार्गबाट हटाउने काम भइरहेको छ। उक्त काम सकिएपछि विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र अवतरण सुचारु हुने प्रवक्ता तिवारीले जानकारी दिए।

नेपालगञ्जबाट आएको यतिको फ्लाइट नं. एनवाइटी–४२२ एटीआर ७२–५०० सो जहाजमा ३ जना चालक दल सदस्यसहित ७० जना यात्रु रहेका थिए। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको थियो।

विभिन्न देशहरुबाट आएका विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै ‘होल्ड’ हुन पुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमानस्थल बन्दपछि विभिन्न विमानहरुले आकाशमा फन्को मारिरहेका छन्।

वर्षाले उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानतर्फका पहाडी जिल्लाका सबैजसो उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता तिवारीले बताए। पडाडी जिल्लाका लुक्ला, भोजपुर, तुम्लिङटार, फाप्लु, लामिडाँडा र तराईका भद्रपुर र जनकपुर विमानस्थलको उडान अवरुद्ध भएको छ।

त्यस्तै भैरहवा, पोखरा, चितवन र विराटनगर लगायत विमानस्थलमा वर्षा कारण उडान सेवाहरु प्रभावित भएको छ। विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad