ad ad

समाज


सेनाले ल्यायो थप १४ टन स्वास्थ्य सामग्री, कुन सामग्री कति छन् भण्डारणमा?

सेनाले ल्यायो थप १४ टन स्वास्थ्य सामग्री, कुन सामग्री कति छन् भण्डारणमा?

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ९:३८,

नेपाली सेनाले थप १४ टन स्वास्थ्य सामग्री ल्याएको छ।

चीनको ग्वान्झाउबाट नेपाल एयरलाइन्सको वाइडबडीमार्फत १४ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका हुन्।

बुधबार प्रवक्ता पाण्डेले २८.६ टन स्वास्थ्य सामग्री आइपुग्ने बताएका थिए तर बिहीबार १४ टन स्वास्थ्य सामग्री मात्रै आइपुगेको हो।

यसअघि जेठ ६ गते पनि हवाइमार्गमार्फत सेनाले १८.७ टन स्वास्थ्य सामग्री ल्याएको थियो। यस्तै स्थलमार्गबाट ३६ कन्टेनर सामग्री ढुवानी गरिसकेको सेनाले जनाएको छ। पहिलोपटक जेठ ३ गते १० कन्टेनर सामग्री काठमाडौं आइपुगेको थियो।

यस्तै जेठ ५ गते ५ कन्टेनर, ८ गते १४ कन्टेनर र १४ गते ७ कन्टेनर सामग्री आइपुगेको थियो।

थप स्वास्थ्य सामग्री भने स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ। नेपाली सेनाले ल्याएका स्वास्थ्य सामग्री विमानस्थलस्थित भण्डारमा राखिएको छ।

सरकारले दुई महिनापहिले निजी कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै नेपाली सेनालाई स्वास्थ्य सामग्री ढुवानीको जिम्मा दिएको थियो। तर नेपाली सेनाले निकै ढिलो गरी सामग्री ल्याएको हो।

सम्झौता भएको १५ दिनमा सबै सामग्री उपलब्ध गराउने भनिए पनि सेनाले त्योअनुसार सामग्री ल्याउनसकेको छैन।

चीनको सरकारी स्वामित्वमा रहेको चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेसनसँग २ अर्ब २५ करोड रुपैयाँबराबरको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता भएको हो।

सेनाले ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउनेछ।

सेनाको भण्डारणमा के-के छन् (आज ल्याएको बाहेक) –

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .